कामना सेवा विकास बैङ्कको नाफामा २६.९३ प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी कति ?

कामना सेवा विकास बैङ्क लिमिटेडको नाफा २६.९३ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा बैङ्कले ५९ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा बैङ्कले ४३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैङ्क लिमिटेडले ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्कको जगेडा कोषमा १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कामना सेवा विकास बैङ्कको सञ्चित मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ।

कामना सेवा विकास बैङ्क लिमिटेडको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । सो बैङ्कको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ३५० को आधारमा मूल्य आम्दानी अनुपात २६.६३ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x