भोटेकोशी बाढीपीडितका लागि सन नेपाल लाइफको ६० लाख सहयोग

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा कम्पनीका सञ्चालक शशाङ्क अग्रवाल र कम्पनी सचिव विनोद शर्मा पौडेलको समेत उपस्थिति थियो। सो अवसरमा कम्पनीले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको उक्त सहयोगले विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा पुनः स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x