गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख ०६ गते (आज) तेह्रौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौँ र साथै भिडियो कन्फ्रेन्सकाे माध्यमबाट बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. २ अर्ब २३ करोड ९३ लाख ७० हजारको १३.२७१२७७२ प्रतिशतले हुन आउने रकम रु. २९ करोड ७१ लाख ९३ हजार बराबरको बोनस शेयर वितरणको प्रस्ताव गरेको छ।
सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.व २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
साथै सभाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धी प्रस्ताव पारित गर्ने र गाभिए पश्चात् बन्ने जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम "हिमालयन लाइफ इन्स्याेरेन्स लिमिटेड" तथा अङ्ग्रेजीमा "Himalayan Life Insurance Limited" कायम गरी सो नामबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र २३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
गुराँस लाइफ इन्स्योरेन्सले आज तेह्रौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
