काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा आज भूकम्पको धक्का महसुस गरिएको छ। केही समयसम्म कम्पन जारी रहेको भूकम्पले राजधानीका नागरिकलाई त्रसित बनाएको छ। धक्का महसुस गर्नासाथ धेरै मानिसहरु घरबाहिर निस्किएका छन्। भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको भूकम्प थियो भन्ने विवरण हालसम्म खुल्न सकेको छैन। यसबारे थप जानकारी आउन बाँकी छ।
 

पछिल्ला केही महिनादेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्पका धक्का महसुस भइरहेका थिए। यसले राजधानीमा समेत भूकम्पको जोखिमप्रति चिन्ता बढाएको छ। अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षित रहन सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x