ज्योति विकास बैङ्क लिमिटेडले काठमाडौँस्थित "E-Revolving Indian Cuisine Restaurant" मा बैङ्कका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।
हालै बैङ्कले काठमाडौँस्थित "Achaar Ghar", "Nepal House Restaurant & Bar" र "Mahotsav Restaurant & Bar" मा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैङ्कले काठमाडौँस्थित प्रख्यात "Soyachha Traders" मा १८% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैङ्कले "Annapurna Cable Car” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “E-Revolving Indian Cuisine Restaurant” मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%