बाढीपीडितको राहत र पुनःस्थापनामा सिद्धार्थ बैङ्कको २ करोड ५१ लाख रुपैयाँ सहयोग

रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठुलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सिद्धार्थ बैङ्क लिमिटेडले राहत तथा पुनः स्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

बैङ्कले विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको जनाएको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैङ्कले कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिँदै राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

बाढी तथा पहिरोका कारण ज्यान गुमाउने सम्पूर्णप्रति बैङ्क परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित समुदायको पुनः स्थापना र सामान्य जनजीवन पुनः स्थापनाका लागि भइरहेका सरकारी तथा सम्बन्धित निकायका प्रयास सफल हुन् भन्ने कामना बैङ्कले गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x