हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले असोज महिनासम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य ७ अर्ब ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ३२ अर्ब ९२ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
असोज महिनामा मात्र कम्पनीहरूले २ अर्ब ४१ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८ अर्ब ४५ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी ११ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफको सर्वाधिक व्यापार
असोज महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । असोज महिनासम्ममा नेपाल लाइफले ११ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले ४ अर्ब ९० करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले ४ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ४१ अर्ब ८ करोड , नेपाल लाइफको सर्वाधिक व्यापार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
