यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य सूची



आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सूची सार्वजनिक गरेको छ ।


जसअनुसार ठुलो गोलभेँडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेँडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेँडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिद बिक्री भइरहेको छ भने रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ पर्ने छ ।

लोकल गाजर, तामा, पुदिना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ, लोकल बन्दा ११ रुपैयाँ, स्थानीय काउली, लोकल घिउ सिमी, घिरौँला, भिण्डी, हरियो प्याज, रातो बन्दा र भेडे खुर्सानी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु), हरियो लसुन, हरियो खुर्सानी (बुलेट), सजिवन, चुकन्दर, परवर, ब्रोकाउली र न्युरो ७५ रुपैयाँमा किनबेच हुनेछ ।

लाम्चो भन्टा, रायोको साग, हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, मटर कोसा १९० रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमास कोसा १३० रुपैयाँ, लौका, स्कूस र हरियो खुर्सानी ५५ रुपैयाँ तोकिएको छ भने लोकल काँक्रो र नेपाली मेवा ११५ रुपैयाँ, लोकल लिची १९० रुपैयाँ, भारतीय लिची २७५ रुपैयाँ, किवी र आभोकाडो ४५० रुपैयाँ, अदुवा २४५ रुपैयाँ, चाइनिज लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ ।

यसै गरी, पालूगो साग, सेलरी, सौफको साग, चमसूरको साग र मेथीको साग प्रतिकेजी ११५ रुपैयाँ, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, कुरिलो २२५ रुपैयाँ, इमली १४० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच गरिने छ भने फूजी स्याउ ३०० रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३७५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११० रुपैयाँ, दसहरी आँप १६५ रुपैयाँ, हरियो अङ्गुर २६५ रुपैयाँ, मौसम १७५ रुपैयाँ, जुनार २२५ रुपैयाँ, पर्ने जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x