एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८९.८० प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ११ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड १५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
६५ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब ६७ करोड निक्षेप सङ्कलन गरी ५ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २२ करोड ७८ लाख रुपैयाँ र सञ्चित मुनाफा १२ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
एनएमबि लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरण योग्य मुनाफा ७० लाख ३१ हजार रुपैयाँले ऋणात्मक रहेको छ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ८.९७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ४९० को आधारमा मूल्य आम्दानी अनुपात २८० गुणा रहेको छ ।
एनएमबि लघुवित्तको नाफामा ८९.८० प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
