नबिल बैङ्क र नमस्ते पे वालेटबिच साझेदारी

नबिल बैङ्कले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । सो साझेदारीले नबिल बैङ्कका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मङ्गलवार आयोजित एक कार्यक्रमका बिच नबिल बैङ्कका तर्फबाट रिटेल कारोबार बैङ्किङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

सो सहकार्यसँगै अब नबिल बैङ्कका ग्राहकहरूले nBank (मोबाइल बैङ्किङ) एप्लिकेशन मार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्नेछन् । नबिल बैङ्क नेपालमा भुक्तानी प्रणाली डिजिटल करण अग्रणी संस्था हो । बैङ्कले नयाँ  नयाँ  प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैङ्कका रिटेल कारोबार बैङ्किङ प्रमुख शर्माले यो साझेदारीले बैङ्कका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘डिजीट़ाइजेसनमा महत्त्वपूर्ण योगदान दिँदै आएको यस बैङ्कले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’

नमस्ते पे वालेटका डेपुटी सिइओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भन्नुभयो, ‘नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’ उहाँले सो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताउनुभयो।

सो नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । सो सेवा सुरु भएपछि, नबिल बैङ्कका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x