सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको नाफा ४५.७८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष (आ.व.) २०८२/८३ को दोस्रो त्रैमास सम्ममा बैङ्कले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आ.व. को सोही अवधिसम्ममा बैङ्कले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैङ्कले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने सञ्चित मुनाफा १ अर्ब १० करोड रुपैयाँले ऋणात्मक रहेको छ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.२८ प्रतिशतले बढेर ३१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैङ्कको कुल वितरण योग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँले ऋणात्मक रहेको छ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात ६.८६ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा र पछिल्लो कारोबार मूल्य रु १९७.१० को आधारमा मूल्य आम्दानी अनुपात ४२.५७ रहेको छ।
सिटिजन्स बैङ्क इन्टरनेसनलको नाफा ४५.७८ प्रतिशतले घट्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
