नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफा ५.९८ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को चाैथाैँ त्रैमास सम्ममा बैङ्कले १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को चाैथाैँ त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले ८२ करोड ९८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २० अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
यता बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेर १ करोड ४ लाख रुपैयाँ पुगेको छ।।त्यस्तै बैंङ्ककाे वितरण योग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ।
बैङ्कको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १६ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र पछिल्लो कारोबार मूल्य रु २३७ को आधारमा मूल्य आम्दानी अनुपात ३८.४७ गुणा रहेको छ ।
१ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको निफ्राको प्रतिशेयर आम्दानी कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
