ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा



ज्ञानमाण्डू। ज्योति विकास बैंकले २०७८ साल चैत्र २४ गते बिहिबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको
बैंकले जनाएकाे छ


लहान नगरपालिका वडा नं. ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष श्री अशोक लाल अमात्य र बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको
कम्पनीले जनाएकाे छ

साथै, कटारी नगरपालिका वडा नं. ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुस्कर खड्का र बैंकका संचालक श्री सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गर्नुभएको
कम्पनीले जनाएकाे छ

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको
बैंकले जनाएकाे छ

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले लहान र कटारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक/मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको
बैंकले जनाएकाे छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x