नेप्से १३४२.३६ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ५.३१ अङ्कले बढेर १३४२.३६ पुगेको छ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५.३१ अङ्कले उकालो लागेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ ले बढेर २८५.९२ मा पुगेको छ ।



परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भएको छ । आज कुल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये आठ उपसमूहको शेयर उकालो लागेको छ ।

आज बैकिंग उपसमूह ३.७७ अङ्कले, ट्रेडिङ उपसमूह २८.०४ अङ्कले, होटेल उपसमूह ५३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २६.४८ अङ्कले, अन्य उपसमूह्र ११.१३ अङ्कले, फाइनान्स उपसमूह ५.४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ६.०२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ३८.२६ अङ्कले बढेका छन् भने विकास बैंक उपसमूह २.२३ अङ्कले, हाइड्रोपावर उपसमूह ६.१२ अङ्कले, उत्पादन उपसमूह ११.०७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१३ अङ्कले घटेका छन् ।



कारोबार रकमका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु १३ करोड ६ लाख १२ हजार १२९ मा खरिदबिक्री भयो । यस्तै नागरिक लगानी कोषको रु छ करोड २३ लाख ३८ हजार १३६, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९० लाख ८० हजार ६४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु चार करोड आठ लाख ६० हजार १७३, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५७ लाख चार हजार ५३८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५५ लाख २० हजार ४६१ र नेको इन्स्योरेन्सको शेयर रु दुई करोड २७ लाख ३५ हजार ९१३ मा खरिदबिक्री भयो । 
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाए । सिभिल बैंकको ८.७८, नागरिक लगानी कोषको ७.०८, कर्णाली डेभलपमेन्ट बैंक ६.२५, रिलायन्स फाइनान्स ४.९६, साल्ट ट्रेडिङ कर्पोरेशन ४.४० र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ४.०८ प्रतिशतले कमाए । 

आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए । नेपाल हाइड्रो डेभलपर्स ६.०१, सानिमा माई हाइड्रोपावर ५.२८, दिव्यश्वरी हाइड्रोपावर ५.२६, सप्तकोशी डेभलपमेन्ट ४.६३ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x