प्रभु बैङ्क लि. र बन्दिपुरका विभिन्न ९ होटेल तथा रेस्टुरेन्टहरु बिच विशेष छुट सम्झौता

पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटेल प्रा.लि, हेरिटेज गेस्ट हाउस एन्ड रेस्टुरेन्ट, होटेल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटेल प्रा.लि., हिल्स सेभेन रेस्टुरेन्ट एन्ड लज, होटेल तिनधारा, वर्ल्ड हाउस क्याफे एन्ड लज बिचमा प्रभु बैङ्क लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८१/०२/१५ गते छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटेल प्रा.लि को तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेस्ट हाउस एन्ड रेस्टुरेन्टका प्रोप्राइटर सङ्गीता प्रधान, होटेल दरबार हिमालयका प्रोप्राइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोप्राइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोप्राइटर प्रतिमा श्रेष्ठ, गुड होटेल प्रा.लि.का निर्देशक विश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेस्टुरेन्ट एन्ड लजका प्रोप्राइटर रबी शान्ति पिया, होटेल तिनधाराका प्रोप्राइटर सुमन सन श्रेष्ठ, वर्ल्ड हाउस क्याफे एन्ड लजका प्रोप्राइटर नन्दा पिया र प्रभु बैङ्क लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा इन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैङ्क लि.का ग्राहकहरू,कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटेल तथा रेस्टुरेन्ट मा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभा हल लगायतका सेवाहरूमा ५% देखि २०% छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैङ्क सँगको आबद्धताको प्रमाणको आधारमा सो सुविधा सहजै प्राप्त गर्न सक्न्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x