नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न फेरि ३० अर्ब रुपैयाँ बराबरको रकम तान्ने भएको छ। उक्त रकम केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणको प्रयोगमार्फत बुधवार बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने जनाएको छ।
राष्ट्र बैङ्कले दिएको जानकारीअनुसार, बोलकबोल प्रक्रिया बुधवार दिउँसो ३ बजे सञ्चालन हुनेछ। सहभागी हुन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुण फलमा बोलकबोल गर्न सक्नेछन्।
ब्याजदरको आधारमा हुने यस बोलकबोलमा बहु ब्याजदर प्रस्ताव गर्ने सुविधा समेत उपलब्ध गराइएको छ। निक्षेप सङ्कलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन योग्य रहनेछन्।
यो निक्षेप सङ्कलन उपकरणको अवधि २१ दिनको रहनेछ भने यसको साँवा तथा ब्याज वैशाख २४ गते भुक्तानी गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैङ्कद्वारा पुनः ३० अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि बोलकबोल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
