३ वर्षमा ४९ जिल्लाका २१ लाखले गरे स्वास्थ्य बीमा

ज्ञानमाण्डू।निम्न वर्ग र कमजोर आर्थिक अवस्थाका कारणले गर्दा उपचार गराउन नसक्नेहरूलाई स्वास्थ्य सेवा पुर्‍याउन सरकारले २०७२ चैतदेखि सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म ४९ जिल्लाका २१ लाख जनसङ्ख्या आबद्ध भएका छन् । ३ वर्ष देखी चली आइपुग्दा सो कार्यक्रम हालसम्म ७ वटा प्रदेशका ४९ वटा जिल्लामा सञ्चालन भइसकेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हालसम्म बीमितबाट २ अर्व ५० करोड रुपैयाँ प्रिमियम शुल्क सङ्कलन भइसकेको छ भने २ अर्व ५० करोड दाबी भुक्तानी समेत भइसकेको छ । चालु आर्थिक भित्र देशभर यो कार्यक्रम विस्तार गर्ने सरकारी लक्ष्य रहेको छ ।

सरकारले ३ वर्ष अगाडि कैलाली बाग्लुङ र इलामबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।कार्यक्रममा सरकारी स्तरका सबै र निजी स्तरका ५० भन्दा शैय्या भएका अस्पताल आबद्ध छन् ।

स्वास्थ्य बिमा कार्यक्रम देशका सबै नागरिकहरूलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्‍याउने उद्देश्यले ल्याइएको हो ।सर्वसाधारणका लागि नै भनेर ल्याइएको कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरूको संलग्नता न्यून हुँदा जनताहरू यसबाट अझै लाभान्वित हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x