एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेड उन्नाइसौँ वर्षमा प्रवेश

एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडले वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको अवधि १८ वर्ष पुरा गरी २०८० श्रावण ०६ गतेबाट १९ वर्षमा प्रवेश गरेको छ । बैङ्कले आफ्नो १८ औँ वार्षिक उत्सवको अवसरमा २०८० श्रावण ५ गतेका दिन बिरामीहरूको उपचारमा सहयोग पुर्‍याउने हेतु बैङ्कको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरी विभिन्न शुभेच्छुक व्यक्तिहरू, सङ्घ संस्थाका पदाधिकारीहरू, बैङ्कका कर्मचारीहरूबाट ५३ पिन्ट रगत सङ्कलन गरी रेडक्रस सोसाइटी, उपशाखा बिर्तामोड झापालाई प्रदान गरेको थियो भने मिति २०८० श्रावण ०६ गते वार्षिक उत्सवका दिन बिहान ७.३० बजे बैङ्कको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरू सहित प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको थियो भने वार्षिकोत्सव कार्यक्रम औपचारिक रूपमा विर्ता पार्टी प्यालेस, लक्ष्मण मार्केट, बिर्तामोड, झापामा आयोजना गरेको थियो ।

प्रादेशिक विकास बैङ्कको रूपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैङ्कले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरू मार्फत ग्राहकहरू समक्ष बैंकिङ्ग¨ सेवा प्रदान गरिरहेको सो बैङ्कले जानकारी दिएको छ भने उदयपुरको रामपुरमा केही दिन भित्रमा नयाँ“ शाखा सञ्चालनमा आउने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कले आफ्नो सेवा विस्तार गर्दै कोसी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरूमा समेत थप नयाँ शाखाहरू स्थापना गर्ने लक्ष्य लिएको सोही बैङ्कले जानकारी दिएको छ ।

सञ्चालक अमित कुमार अग्रवालको अध्यक्षतामा आयोजित प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईँ रहनुभएको सो कार्यक्रममा बैङ्कका पूर्व अध्यक्ष हेमराज ढकाल र पूर्व प्रबन्ध सञ्चालक खगेन्द्र नाथ ढुङ्गानालाई सम्मान गरेको सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका कम्पनी सचिव श्याम बहादुर बोहोराले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्य सहित बैङ्कका वर्तमान गतिविधिहरूको बारेमा मन्तव्य राख्नु भएको थियो भने बैङ्कका संस्थापक शेयरधनी डा. रूपक खनाल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेती, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय कार्यकारिणी सदस्य उमेश डालमिया, पूर्व प्रबन्ध सञ्चालक खगेन्द्र ढुङ्गाना, पूर्व अध्यक्ष हेमराज ढकाल, बिर्तामोड न.पा.का नगर प्रमुख पवित्रा महतारा प्रसाईँ लगायतले बैङ्कको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साथै वार्षिकोत्सवको अवसरमा बैङ्कले वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने कृषि उत्पादन, वातावरण मैत्री उद्योग लगायत विद्युतीय सवारी साधनहरूको प्रवर्धन गर्नको लागि EDBL Green Loan को सुरुवात गरेको सोही बैङ्कले जानकारी दिएको छ । यसको ब्याजदर आधार दरमा एक प्रतिशत थप प्रिमियम दर मात्र थप हुने गरी लागु गरेको सो बैङ्कले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x