ग्लोबल आइएमई बैङ्कले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैङ्कको साथमा दशैं रमाइलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।
बैङ्कको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैङ्कको कार्ड प्रयोग गरी POS मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । सो नगद फिर्ता योजना मार्फत बैङ्कको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन् ।
सो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिन देखि कार्त्तिक ७ गते अर्थात् वडा दशैं ९दशमी० को दिन सम्म लागू हुनेछ ।
साथै, बैङ्कले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्तारतलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैङ्कका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आफूलाई आवश्यक सर समानहरू खरिद गर्दा क्युआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०५ वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनछन् । सो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिन देखि कार्त्तिक ७ गते अर्थात् बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई वडा दशैंमा विभिन्न डिजिटल कारोबारहरूमा छुटै छुट तथा क्यासब्याक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
