ब्रेसियालाई हराउँदै युभेन्टस शीर्षस्थानमा

ज्ञानमाण्डू। इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत मङ्गलवार भएको खेलमा युभेन्टसले नव प्रवेशी क्लब ब्रेसियालाई पराजित गरेको छ । ब्रेसियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई २–१ गोल अन्तरले हराउँदै युभेन्टसले कठिन जित निकालेको छ । युभेन्टसको जितमा मिरालेम प्यानिचले गोल गरे । एक गोल उपहार पाएको थियो । 

खेलको चौथो मिनेटमा नै अग्रता लिएको घरेलु टोलीका लागि अल्फ्रेडो डोनाररुम्माले पहिलो गोल दर्ता गर्न सफल भए । ४०औं मिनेटमा जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्टस खेलमा फर्किएको थियो ।

दोस्रो हाफको ६३औं मिनेटमा मिरालेम प्यानिचले गोल गरे पश्चात् युभेन्टसले खेलमा अग्रता लिन सफल भएको हो । दुवै टोलीले थप गोल गर्न नसके पश्चात् खेल २-१ मा समाप्त भएको थियो । चोटका कारण रोनाल्डो अनुपस्थित रहेको खेलमा युभेन्टसका लागि गोल दर्ता गर्न निकै कठिन परेको थियो ।

जितसँगै युभेन्टस ५ खेलबाट १३ अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित ब्रेसिया ६ अंकसहति १२औं स्थानमा छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x