धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २९ अङ्कले घटेर १८५१ दशमलव २३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ६५ अङ्कले घटेर ३५४ दशमलव ४३ को विन्दुमा पुगेको छ ।
आज कूल २९३ कम्पनीहरूका ३४ लाख १९ हजार ७३ कित्ता शेयर रु. ९६ करोड ४० लाख १० हजार ४३१ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लघुवित्त उपसमूह २ दशमलव १९ अङ्कले बढेको छ । यता, बैङ्किङ उपसमूह ५ दशमलव ६२ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १६ दशमलव ७८ अङ्कले, वित्त उपसमूह ९.०० अङ्कले, होटेल तथा पर्यटन उपसमूह २७.८४ अङ्कले, जलविद्युत उपसमूह ८.९५ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव २४ अङ्कले, जीवन बिमा उपसमूह २५.७७ अङ्कले, उत्पादन उपसमूह ११.१९ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २२ अङ्कले, निर्जीवन बिमा ४२.०४ अङ्कले, अन्य उपसमूह ७.५७ अङ्कले र ट्रेडिङ उपसमूह १२.९६ अङ्कले घटेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ७.२९ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
