नेपाल ल्यूब आयल लिमिटेडले आज वार्षिक साधारण सभा गर्दै, आकर्षक लाभांश पनि पारित हुँदै

 

नेपाल ल्यूब आयल लिमिटेडले असाेज २८ गते (आज) ३१ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा ललितपुरकाे पुल्चाेकस्थित याक प्यालेसमा बिहान ११:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असोज १४ गतेदेखि असोज २८ गते १४ दिनका लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असोज १३ गतेसम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारण सभाकाे बैंठकले पारित गर्नेछ र त्यसका साथै प्रस्तावित वाेनस शेयर बराबरकाे चुक्ता पुँजी पनि वृद्धि गर्ने छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिकाे प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x