उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । शनिवार भएको मतदानमा उहाँले छ सय ४६ मत प्राप्त गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह) र मेशसिंह महर्जन (संस्थागततर्फ ) विजयी हुनुभयो ।
महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित हुनुभएको छ । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराउनुभयो ।
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा महर्जन
ललितपुरका निर्माण व्यवसायीको संस्था निर्माण व्यवसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको १४औँ साधारण सभा तथा सातौँ अधिवेशनले महर्जनसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन समेत गरेको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह कोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुला सदस्यमा पुष्कर श्रेष्ठ, विश्वास श्रेष्ठ, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्यामज्योति बोहोरा, दोलराज अधिकारी, कवीन्द्रकुमार लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सङ्घको निर्वाचन अधिकृत विदुरबहादुर घिमिरेका अनुसार पदाधिकारीमा आठ र सदस्यमा ११ गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरू कसैको पनि दाबी विरोध नपरेको हुँदा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
