मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आ.व.)को सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आ.व. को माघ महिनासम्ममा ९ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आ.व. २०८०र८१ को सोही अवधिमा राजस्व ८ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।
चालु आ.व. को सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यसै गरी तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाट पुर्जाबाट २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो ।
चालु आ.व. को सात महिनामा रु १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा नौ करोड २२ लाख २९ हजार र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा रु आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व सङ्कलन भएको छ ।
मेची भन्सार कार्यालयमा ७ महिनामा ८ अर्ब ८४ करोड राजस्व, लक्ष्य पुरा गर्नमा कमी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
