पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीन दिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ । 

सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीन दिन आइतबार, मङ्गलवार र बिहीबार पोखरा–बनारस–पोखरा उडान गर्ने जानकारी दिएको हो । 

पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ । ‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रक्रिया यथाशीघ्र अगाडि बढाइने छ,’ जारी विज्ञप्तिमा भनिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x