धितोपत्र बजारमा ४२.१४ अङ्कको गिरावट, नेप्से १९६४.९१ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घटेर १९६४ दशमलव ९१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव १२ अङ्कले घटेर ३७८ दशमलव ६८ को विन्दुमा पुगेको छ ।

आज कूल २७८ कम्पनीहरूका ५६ लाख ५९ हजार ४५८ कित्ता शेयर रु. २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।

बैङ्किङ उपसमूह १८ दशमलव २३ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ९८ दशमलव ९६ अङ्कले, वित्त उपसमूह ५७.२३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १८५.७५ अङ्कले, जलविद्युत उपसमूह ५६.९८ अङ्कले, लगानी उपसमूह उपसमूह १.३४ अङ्कले, जीवन बिमा उपसमूह ३२७.७९ अङ्कले, उत्पादन उपसमूह ८४.०० अङ्कले, लघुवित्त उपसमूह ६७.०३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, निर्जीवन बिमा २७७.९५ अङ्कले, अन्य उपसमूह २९.२६ अङ्कले र ट्रेडिङ उपसमूह १०३.३ा२ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x