आज मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फाल्गुन १७ गते १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन ०५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा फाल्गुन ०४ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले साधारण सभा न्यू बाैवा हाेटल एण्ड गेष्ट हाउसको सभाहल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रकम रु. २ करोड ५५ लाख ६५ हजार ५७६ रुपैयाँ ८१ पैसा बराबरको बोनस शेयर र ०.७८९४७३६८१ प्रतिशतका दरले हुन आउने रकम रु. १३ लाख ४५ हजार ५५६ रुपैयाँ ६७ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

सभाले यस वित्तीय संस्थाको हाल कायम जारी पुँजीको ६० प्रतिशत संस्थापक शेयरधनी समूहको र ४० प्रतिशत सर्वसाधारण शेयरधनीकाे शेयर स्वामित्वमा रहेकोमा सो संरचना ५१ प्रतिशत संस्थापक शेयरधनी समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनीकाे शेयर स्वामित्व हुने गरी पुँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकको प्रतिनिधित्व गर्ने व्यवस्था सम्बन्धी विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
100.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x