हाथवे इन्भेष्टमेण्ट नेपालले आज देखि आइपिओ निष्काशन गर्दै, प्रति कित्ता मूल्य कति ?



हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भाद्र २१ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता २० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाख कित्ता तोकेको छ।

कम्पनीको जारी पुँजीको १२.५० प्रतिशतले हुन आउने रकम बराबरको रु. ५० अङ्कित दरमा २९ लाख २५ हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि, त्यस्तै २९ लाख २५ हजार कित्ता शेयरको २ प्रतिशत अर्थात् ५८ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने २४ लाख २७ हजार ७५० लाख कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।


सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) भाद्र २५ गते रहेको कम्पनीले जनाएको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ०४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x