मिड सोलु हाईड्राेपावर लिमिटेडले श्रावण १४ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता नै तोकेको छ।
कम्पनीको जारी पुँजीको २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ । जसमध्ये स्वीकृत विवरण पत्र मार्फत जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रकम बराबरको रु. १०० अङ्कित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साबिकको सल्लेरी र तिङ्ला गा.वि.स. हालकाे साेलुदुधकुण्ड न.पा. वडा नं. ३, ४, ५, ६, ७ र ११) का बासिन्दाहरूको लागि ५ लाख ६१ हजार ३०० कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साबिकको सल्लेरी र तिङ्ला गा.वि.स. हालकाे साेलुदुधकुण्ड न.पा. वडा नं. ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्ला बासीहरूको लागि १ लाख ८७ हजार १०० कित्ता शेयर र कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात् अर्थात् ७ करोड ४८ लाख ४० हजार रकम बराबरको रु. १०० अङ्कित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर मध्ये ७४ हजार ८४० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) श्रावण २८ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र ११ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति श्रावण २८ गते रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
मिड सोलु हाईड्राेपावर लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
