एन आई सी एशिया बैङ्क म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया ग्रोथ फण्ड-२ ले मङ्सिर ०४ गते (आज) देखि इकाई विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम इकाई १०० र दरखास्त दिन पाउने अधिकतम इकाई १ करोड सम्म रहेको छ ।
कम्पनीको प्रति इकाई अङ्कित मूल्य रु. १० दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई सङ्ख्याको १५ प्रतिशत इकाई कोष प्रवर्द्धक कम्पनी एन आई सी एशिया बैङ्क लिमिटेडका लागि सुरक्षित राखी बाँकी रहेको न्यूनतम ८ करोड ५० लाख इकाई कुनै पनि संध संस्था/सर्वसाधारणमा निष्कासन तथा बिक्री गर्न लागेको हो ।
सो कम्पनीको इकाई बिक्री निष्कासन बन्द हुने मिति (छिटोमा) मङ्सिर ०७ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा मङ्सिर १८ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको इकाई खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी-आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि एन आई सी एशिया ग्रोथ फण्ड-२ को इकाई विक्री खुल्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%