सनी सेक्यूरिटिजले २०७९ साल, चैत्र ६ गते चितवनमा Global Money Week को अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत युवाहरूलाई लक्षित Margin Trading सन्दर्भमा १ दिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
वित्तीय व्यवस्थापन विषयका वरिष्ठ प्राध्यापक कुलचन्द्र पण्डितले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको सो कार्यक्रममा ५३ जनाको सहभागिता रहेको सनी सेक्यूरिटिजले जनाएको छ।