लुम्बिनी केबलकारमा निःशुल्क यात्रा देखि छुटै–छुटको बहार

सुन्दा अचम्म लाग्न सक्छ तर लुम्बिनी केबलकारमा ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा ३ फिट सम्म उचाइ भएका बालबालिकाहरूलाई लुम्बिनी केबलकार मार्फत माँ कामाख्या देवीको दर्शनका लागि केबलकारको यात्रा गर्दा पूर्ण रूपमा छुटको व्यवस्था रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

यसका साथै ५० वा ५० भन्दा बढी विद्यार्थीहरू एकै पटकमा केबलकारको यात्रा गर्दा पनि भारी छुटको व्यवस्था रहेको छ । तर उक्त सुविधा प्राप्त गर्नको लागि विद्यार्थीहरूले विद्यालयको आधिकारिक पत्रमा विद्यार्थीहरूको सङ्ख्या र नाम उल्लेख गर्नु पर्नेछ । सो प्रकारको टिकटको मूल्य मात्र ४ सय ५० रुपैयाँ प्रति विद्यार्थी रहेको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।

यसै गरी विद्यार्थीहरूलाई ४० प्रतिशत, फरक क्षमता भएका व्यक्तिहरूलाई ५० प्रतिशत ज्येष्ठ नागरिक ७० देखि ८० वर्ष उमेर समूहको लागि ४० प्रतिशत स्थानीयहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । छुट सवा प्राप्त गर्नको लागि सम्बन्धित व्यक्तिहरूले आफ्नो परिचय पत्र पेस गर्नु पर्ने छ । स्थानीयको परिभाषामा केबलकारको बटम र टप स्टेसन अवस्थित बुटवल उपमहानगरपालिका वडा नं.– ३ र तिनाउ गाउँपालिका वडा नं.–३ रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

लुम्बिनी केबलकारको टप स्टेसनमा अवस्थित माँ कामाख्या मन्दिरमा हरेक महिनाको १ गते दिव्य महाआरती हुने र उक्त दिन महाआरतीमा सहभागी हुने नेपाली र भारतीय भक्तजनहरूलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध हुने र उक्त टिकट साँझ ५ बजेपछि उपलब्ध हुने लुम्बिनी केबलकार लिमिटेडका अपरेसन म्यानेजर डिएन कायस्थले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x