पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा सञ्चालित र निर्माणाधीन बन्दीपुर केबलकार एंड टुरिज्म लिमिटेडले पत्रकारहरूलाई सामाजिक सशक्तीकरणको लागी उद्यमशीलता प्रवर्द्धन गर्नको लागी प्रेरित गर्न स्थापित “बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कार अन्तर्गत यस आर्थिक वर्षको लागी तनहुँ जिल्लामा रहेर उद्यमशीलताको विषयमा सशक्त कलम चलाउने तिन जना पत्रकारहरू छनोट भएका छन् |
कम्पनीका सञ्चालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरूप तिन जना पत्रकारहरू छनोट गरी सञ्चालक समिति समक्ष सिफारिस गरेको छ | समितिको प्रतिवेदनलाई सञ्चालक समितिले स्वीकृत गरी २०८२ साल वैशाख ६ गते हुने चौथो साधारण सभाको अवसरमा सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको छ | सम्मानित हुने पत्रकारहरू पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाश चन्द्र भट्टराई र जनचाहना खबरका साने बहादुर नेपाली रहनु भएको छ | जनही रु. ५१,०००/- (एकाउन्न हजार) र दोसल्ला सहित प्रत्येक पत्रकारहरूलाई सम्मानित गर्ने भएको छ | तनहुँ जिल्ला क्षे.न.१ का प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र प्रदेश सभा सदस्य हरि बहादुर चुमान र अन्य विशिष्ट अतिथिहरूले पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठले बताउनु भयो |
बन्दीपुरहिल गुरुयोजना नाम दिएको यस परियोजना १५% हिस्सा सञ्चालनमा आइसकेको र २ वर्ष भित्र समग्र बन्दीपुरहिल ६ अर्ब २९ करोडको गुरुयोजनालाई पूर्णता दिन खोजिएको गुरु योजनाका अध्यक्ष रामचन्द्र शर्माले बताउनु भएको छ |
बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कार तनहुँका ३ पत्रकारहरूले पाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en