एनएमबि बैङ्कको नाफा ३.६२ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.७२ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने ५० करोड ९४ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैङ्कले २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ७४ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा एनएमबि बैङ्कले आफ्ना शेयरधनिहरूलाई ८.१८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा छ भने प्रति शेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा र पछिल्लो कारोबार मूल्य रु २३९ को आधारमा मूल्य आम्दानी अनुपात १२.८७ गुणा रहेको छ ।
एनएमबि बैङ्कको नाफामा ३.६२ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
