नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटि) र विगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैङ्किङ सेवा दिँदै आएको एभरेष्ट बैङ्क लिमिटेड बिच स्मार्ट पे मार्फत अन्तर बैङ्क भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात् एभरेष्ट बैङ्क लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरूले आफ्नो बैङ्क खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने भएको हो ।
विगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैङ्क भुक्तानी, मोबाइल बैङ्किङ लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्रान्डमा अन्तर बैङ्क भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।
यस सेवा मार्फत बैङ्क वित्तीय संस्था लगायत रेमिटेन्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरूले आफ्ना सेवाग्राहीका नेपालभरिका जुनसुकै बैङ्क खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवात पश्चात् एभरेष्ट बैङ्क लिमिटेड मार्फत प्राप्त हुने भुक्तानी रकम बैङ्क खातामा ट्रान्सफर अझै छिटो–छरितो र भरपर्दो बन्ने विश्वास रहेको बैङ्कले जनाएको छ ।
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैङ्कबिच सम्झौता सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
