एभरेष्ट बैङ्क लिमिटेडले ३०औँ वार्षिकोत्सव कार्तिक १ गते का दिन भव्यताका साथ मनाएको छ । उक्त अवसरमा बैङ्कको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैङ्कमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको हो ।
बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवर्द्धन लगायतका क्षेत्रमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको जनाएको छ । बैङ्कका अनुसार ३०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैङ्कको तर्फबाट एक करोड को आर्थिक सहयोग गरेको छ ।
उक्त कार्यक्रममा, एभरेष्ट बैङ्कका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्रा. डा. भगवान् कोइराला लाई उक्त चेक हस्तान्तरण गर्नुभएको छ । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत नै बैङ्कले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौँको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैङ्कका कुल ४८ जना कर्मचारीले रक्तदान गरेको बैङ्कले जनाएको छ ।
एभरेष्ट बैङ्कले विविध कार्यक्रमसहित भव्य रूपमा मनायो आफ्नो ३०औँ वार्षिकोत्सव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
