हिमाल हस्पिटल र प्रभु बैङ्क बिच विशेष छुट सम्झौता

प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ,ज्ञानेश्वर स्थित हिमाल हस्पिटल(HH)र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच हिमाल हस्पिटल(HH) का तर्फबाट व्यवस्थापकीय निर्देशक नवीन ताम्ली र प्रभु बैङ्क लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी ज्ञापन पत्र (MOU)मा हस्ताक्षर गर्नुभएको छ । समारोहमा प्रभु बैङ्कका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटल(HH)का मुख्य प्रशासन अधिकृत राजेन्द्र के.सी. को समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू,कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले हिमाल हस्पिटल(HH) मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा १० देखी २०∞ तथा शल्यक्रिया शुल्कमा १०∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटल(HH)मा पेस गर्नुपर्ने छ ।

सन् १९७८ मा विराटनगर मा स्थापित थापा नर्सिङ होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाडौँ मा नाम परिवर्तन भई हिमाल हस्पिटल(HH) गरिएको थियो । जुन नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो । हिमाल हस्पिटल(HH) ले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छाना मुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि हिमाल हस्पिटल(HH) मा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x