नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैङ्कले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित सो कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैङ्कको विश्वास रहेको सो बैङ्कले जानकारी दिएको छ ।
कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरूले आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । नबिल एसएसईको फेसबुक पेजमा रहेको लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सक्ने सोही बैङ्कले बताएको छ । अथवा नबिल बैङ्कको वेभ साइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सक्ने सोही बैङ्कले बताएको छ । आवेदनको अन्तिम दिन बैङ्कले भदौ ३ गते तोकेको सो बैङ्कले बताएको छ ।
सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको सो कार्यक्रम ६ महिनासम्म चल्ने सोही बैङ्कले जानकारी दिएको छ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारेको सोही बैङ्कले बताएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्ने पनि बताएको छ ।
आर्थिक सामाजिक रूपान्तरणलाई बढवा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरी सकेको सो बैङ्कले बताएको छ । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेको सो बैङ्कले बताएको छ । विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराएको थियो ।
आवेदनका लागि तल दिइएको लिङ्कमा क्लिक गर्न सक्ने सो बैङ्कले जानकारी दिएको छ ।
https://nabilbank.com/individual/corporate-social-responsibility/nabil-sse
नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
