सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैङ्कले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ ज्येष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरूको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको सो बैङ्कले जानकारी दिएको छ । सो आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर २ का कार्यवाहक वडा अध्यक्ष गज बहादुर बुढा, विशिष्ट अतिथि सन्राइज बैङ्क कर्णाली प्रदेशका प्रमुख धर्म कुमार विष्ट, बैङ्कका प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैङ्कका वीरेन्द्रनगर शाखाका शाखा प्रमुख सुस्मा गिरीको उपस्थिति रहेको सोही बैङ्कले बताएको छ ।
५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गर्नुभएको थियो । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरूलाई विभिन्न सिपमूलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुशासन कायम गराउने उद्देश्यले तालिम आयोजना गरेको सो बैङ्कले जानकारी दिएको छ । सिपमूलक तालिमले महिला कृषकहरूमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्ने बैङ्कले विश्वास लिएको बताएको छ ।
सन्राइज बैङ्कद्वारा वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमूलक तालिम सञ्चालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
