सानिमा बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो संस्थापक शेयरको न्यूनतम प्रति कित्ता मूल्य रु. १५० रहेको छ ।
यसमा ०९ श्रावणदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ०९ श्रावणबाट सो बैङ्कको केन्द्रीय कार्यालय, नारायणचाैर, नक्साल, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो बैङ्कले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै सानिमा बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
