समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आवेदन नपरेको संस्थापक समूहको अवितरित हकप्रद शेयर ७ लाख ६७ हजार ३६६ कित्ता शेयर मंसिर १ गते (आज) देखि मंसिर १५ गते भित्र लिलामी प्रक्रिया मार्फत बिक्रीका लागी खुल्ला गरेको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर प्रचलित कानुनको अधीनमा रही पहिलाे पटक मिति २०७८/१२/२९ देखि २०७९/०१/०७ सम्म र दाेस्राे पटक मिति २०७९/०३/०१ देखि २०७९/०३/०९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री गर्दा समेत पूर्ण रूपमा बिक्री नभई बाकी रहेको संस्थापक शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
सो कम्पनीले प्रति कित्ता रु १०० तोकिएको हुँदा उक्त मूल्य भन्दा कम मूल्य अङ्कित गरी बोलपत्र पेस गरेको आवेदन स्वतः रद्ध हुने जनाएको छ भने न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको सो कम्पनीले बताएको छ ।
इच्छुक आवेदकहरूले समृद्धि फाइनान्स कम्पनी लि. केन्द्रीय कार्यालय हेटौडा-मकवानपुर, शाखा कार्यालय पुतलीसडक- काठमाडौँ, नारायणगढ-चितवन, पोखरा- कास्की, बुटवल-रुपन्देही; बि.ओ.के. क्यापिटल मार्केट लि., नारायण चौर, नक्साल, काठमाडौँ र बैङ्क अफ काठमाण्डू लि.को शाखा कार्यालयहरू मेन रोड- विराटनगर, आदर्श नगर -वीरगन्ज, न्यु रोड -पोखरा, ट्राफिक चोक -बुटवल, सुर्खेत रोड - नेपालगन्ज, विरेन्द्रचौक वीरेन्द्रनगर सुर्खेत र मेनरोड चौराहा- धनगढीबाट उल्लेखित शर्तहरुकाे अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन बुझाउन आव्हान गरेको छ ।
सो कम्पनीको शेयर विक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहको अवितरित हकप्रद शेयर आज देखि निष्कासनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
