खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख १६ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले वैशाख ०१ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्ने जनाएकोमा वैशाख ०१ गते शुक्रवार बजार बन्द हुने दिन परेको हुँदा चैत्र ३० गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।कम्पनीले साधारण सभा हाेटल नमस्ते, अत्तरियामा अपराह्न ०१:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बिच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जर पश्चात् बन्ने तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट एक जना सञ्चालक पठाउने समझदारी भए अनुरूप उक्त तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्वकाे लागि नाम पठाउन र मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।
खप्तड लघुवित्तको साधारण सभामा आजसम्म कायम शेयरधनीले भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
