मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले २९ हजार १६२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०८०/०१/२५ देखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा ०३ असारदेखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो बैङ्कले जानकारी दिएको छ ।
सो संस्थापक शेयर खरिदको लागि ०३ असारबाट ३५ दिन भित्र बैङ्कको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
