मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पौष ३० गते शनिबारकाे दिन १२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा याेयाे बैंक्वेट, सूर्यविनायक न.पा.-५, घलाँते, भक्तपुरमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।
सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।
मिर्मिरे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
