कामना सेवा विकास बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले ३० हजार कित्ता शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि आवेदन नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा १७ वैशाखदेखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो बैङ्कले जानकारी दिएको छ ।
सो संस्थापक शेयर खरिदको लागि १७ वैशाखबाट ३५ दिन भित्र कामना सेवा विकास बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौँमा आइपुग्ने गरी के कति शेयर कित्ता खरिद गरी लिने हो सो को जानकारी खुलाइ निवेदन पेस गर्नु पर्ने सो बैङ्कले जनकारी दिएको छ ।
३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै कामना सेवा विकास बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
