कुमारी बैङ्क लिमिटेडको संस्थापक समूहको शेयर जेठ ०८ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको ३ लाख १६ हजार १४० कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ११० तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्न विद्यमान शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने प्रावधान भएबाट इच्छुक संस्थापक शेयरधनीले जेठ ०८ गतेदेखि असार १० गतेसम्म अर्थात् सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरिद गर्ने हो सो को जानकारी खुलाइ गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम पुरा शेयर सङ्ख्या लागि आवेदन सक्ने र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरी आवेदन गर्नुपर्ने कम्पनीले बताएको छ भने कम्पनीको बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कुमारी बैङ्कको संस्थापक समूहको शेयर आज देखि लिलामी मार्फत विक्रीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
