नबिल बैङ्क लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैङ्कले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो।
'नबिल बैङ्क अब तपाई सँग अझै नजिक' भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरेको बैङ्कले जनाएको छ।
३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। त्यस्तै कोसी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरेको हो।
नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैङ्कका सञ्चालक निर्वाण चौधरीले आठ वटा शाखाहरू उद्घाटन गर्नुभएको हो। त्यस्तै गरी बैङ्कका सञ्चालक आशा राणा अधिकारीले थप आठ वटा र बैङ्क सञ्चालक अनन्त पौड्याल र प्रवीण टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गर्नुभएको हो ।
डिजिटल उद्घाटन कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरू, बैङ्कका उच्चपदस्थ अधिकारीहरू र बैङ्कका कर्मचारीहरूको उपस्थिति रहेको थियो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैङ्कका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ।
उद्घाटन गरिएका शाखा कार्यालयहरू देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैङ्कको सरल र सबल सुविधा लिन आग्रह गरेको छ।
नबिल बैङ्कका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
