ब्लु क्रस हस्पिटल प्रा.लि. ( Blue Cross Hospital Pvt.Ltd.) र प्रभु बैङ्क बिच विशेष छुट सम्झौता

प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ,त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल प्रा.लि. र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच ब्लु क्रस हस्पिटल प्रा.लि. का तर्फबाट रजत श्रेष्ठ (Member- Secretary) र प्रभु बैङ्क लि.का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्ट ले समझदारी ज्ञापन पत्र (MOU) मा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले ब्लु क्रस हस्पिटल प्रा.लि. मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा ५∞ देखी १२∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्युआर बाट समेत भुक्तानी गर्न सक्नेछन् ।

ब्लु क्रस हस्पिटल प्रा.लि. ले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छाना मुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि ब्लु क्रस हस्पिटल प्रा.लि मा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x