ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७९.१८ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले २८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ९० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ५ अर्ब ७० करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ३३ करोड लाख रुपैयाँ रहेको छ ।
ग्रामीण विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.४८ प्रतिशतले घटेर ६७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.९४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ८७ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ४४८ को आधारमा मूल्य आम्दानी अनुपात ५५.९३ गुणा रहेको छ ।
ग्रामीण विकास लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
