नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै अध्यक्ष सिलवालले पुँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरू भावनात्मक रूपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताउनुभयो ।
प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिब रु. ४४ अर्ब बराबरको दाबी भुक्तानी भएको जानकारी दिनुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो अधिकार प्रयोग गर्नुपर्याे, अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुपर्याे , कर्मचारीहरू पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुपर्याे , कर्मचारीहरू चेन अफ कमान्डमा बस्नुपर्याे, कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुपर्याे, त्यसो नभएमा कर्मचारीहरूले प्राधिकरणलाई जानकारी दिनुपर्याे ।”
अध्यक्ष सिलवालले बीमा कम्पनीहरू सहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बिमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरू सञ्चालनमा आएको स्पष्ट गर्नुहुँदै बीमा कम्पनीका कर्मचारीहरूका एकै खालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संस्थालाई सफलरुपमा अघि बढाउन व्यवस्थापन र कर्मचारी सङ्घ संस्थाहरू मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाको सभापतित्वमा भएको सो कम्पनीले बताएको छ ।
नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशन उद्घाटन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
